तौल बढाउने घरेलु उपाय यस्ता छन् | जानी राखौ

Posted on: 11 Apr, 2018

कतिपय मानिसहरुको तौल धेरै कम हुने गर्दछ | तौल बढाउन कै लागी बजारमा पाइने अनेकौ औषधिको प्रयोग पनि गर्दछन् | तर त्यसो गर्नु स्वास्थ्यको लागी हानिकारक पनि हुन सक्छ | 

तौल घटाउन जति धेरै दुःख गर्नुपर्छ त्यति नै धेरै तौल बढाउनका लागि गर्नुपर्छ । तर, खान-पानमा ध्यान पुर्याउन सके तपाईले आफ्नो तौल केही बढाउन सक्नुहुनेछ । तलका यी तरिकाहरु अपनाउनु भयो भने तपाइको तौल बढाउन मद्दत गर्दछ |

– यदी तपाई मांशाहारी हुनुहुन्छ, भने रातो मासु खाने गर्नुस् । रातो मासुमा पाइने प्रोटिन र आइरनले तपाईको शरिरको तौल बढाउन मद्धत गर्छ । 

– पीनट बटर : पीनट बटर प्रोटीन र चिल्लो निकै धेरै हुन्छ । एक चम्चा बटरमा करिब १ सय क्यालोरी र ४ ग्राम प्रोटिन हुन्छ । यसले पनि शरिरको तौल बढाउन मद्धत गर्छ । 

– फलफुलः स्याऊको प्रयोग गर्नु नराम्रो मानिएपनि अन्य फलफुलहरू जस्तै, आँप, मेवा, केरा र अनारले पनि तौल बढाउन मद्धत गर्छ । 

– खानासँगै दुध, जुस जस्ता पदार्थ जसमा क्यालोरी बढी मात्रामा फाइन्छ ती चीज खानु राम्रो हुन्छ । 

– बदाम, काजु, औखर आदीको नियमित सेवनले पनि तौल बढाउनका लागि मद्धत गर्छ । 

– दिउँसो खाजा खाने समयमा छोकडा ४-५ वटा घ्युमा तारेर खाने गरेमा पनि तौल बढ्न सक्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!