नेपालीलाई ११ देशमा जान भिषा चाहिन्न, ३४ देशमा अन-अराईभल भिषा

Posted on: 01 Apr, 2018

सास । हामी धेरैलाई कुन कुन देशमा जाँदा भिसा अन अराइभल अर्थात यी देशमा गए पछी मात्र भिसा लिन मिल्छ भन्ने थाहा होला ? 

नेपालीहरु कामका लागि जाने धेरैजसो देशका लागि भिषाको जरुरत पर्दछ । तर विश्वका ३८ वटा देशहरुमा भने नेपाली विना भिषाकै जान र केही समय बस्न समेत पाउँछन् । 

कुनै पनि मुलुकले विदेशी नागरिकहरुलार्इ आफ्नो देशमा प्रवेश गर्नका लागि एक अनुमति दिने गर्दछन् जसलार्इ प्रवेशाज्ञा (भिसा) भन्‍ने गरिन्छ । यस्तो भिषा उक्त मुलुकको अधिकार प्राप्त निकायबाट जारी हुन्छ जसमा कहिले सम्म उक्त मुलुकमा जान पाउने‚ कति पटक जान पाउने‚ कति समय वस्न पाउने जस्ता प्रावधान उल्लेख गरिएको हुन्छ । तर भिषा स्वयंममा अन्तिम स्वीकृति नभएको हुँदा भिषा लिई गएता पनि उक्त मुलुक प्रवेष गर्न ईन्कार गर्ने अधिकार सम्बन्धित मुलुकमा रहन्छ ।

विश्वका केहि देशमा नेपालीहरु कम्तिमा १ महिनासम्म बस्न पाउँछन् भने कतिपय देशमा सधैंभरि विना भिषाकै बस्न पाउँछन् । सधैंभरि विना भिषा बस्न पाइने देश इन्डिया हो भने बिना भिषा तोकिएका केहि देशमा नेपाली घुम्न तथा बस्न पाउँछन् । 

हेरौं कुन–कुन देशमा नेपाली विना भिषाकै जान पाउँछन्-

१. डोमिनिका - २१ दिन बस्न सकिन्छ । 


२. गाम्विया - ९० दिनसम्म बस्न सकिन्छ ।


३. हाइटी - ३ महिनासम्म बस्न सकिन्छ ।


४. इन्डिया - जतिपनि बस्न सकिने ।


५. इन्डोनेसिया - ३० दिनसम्म बस्न सकिने ।


६. माइक्रोनेसिया - ३० दिनसम्म बस्न सकिने ।


७. पाकिस्तान - ३० दिनसम्म बस्न सकिने  ।


८. फिलिपिन्स - ३० दिनसम्म बस्न सकिने ।


९. Saint Vincent and the Grenadines - ३० दिनसम्म बस्न सकिने ।


१०. सेनेगाल - ९० दिनसम्म बस्न सकिने ।


११. सिंगापुर - ३० दिनसम्म बस्न सकिने ।


अन-अराईभल भिषा (सम्बन्धित देशमा पुगेर एअरपोर्टमै पाइने भिषा) 

१. Antigua and Barbuda - Electronic Entry Visa

२. Azerbaijan - Electronic Entry Visa (३० दिन)

३. बंगलादेश 

४. बेनिन - Electronic Entry Visa

५. बोलेभिया

६. कम्बोडिया - Electronic Entry Visa

७. Cape Verde 

८. Comoros 

९. Djibouti 

१०. Gabon - Electronic Entry Visa

११. गिनिया बिसाउ - Electronic Entry Visa

१२. केन्या - Electronic Entry Visa (३ महिना) 

१३. क्रिगिस्तान - Electronic Entry Visa

१४. लाओस - ३० दिनको भिषा 

१५. लेसोथो - Electronic Entry Visa 

१६. मादागास्कार - ९० दिन 

१७. मलेसिया - Electronic Entry Visa 

१८. माल्दिब्स - ३० दिन 

१९. मौरीटानिया 

२०. मौरीटिअस - ६० दिन 

२१. मोजाम्विक - ३० दिन 

२२. म्यानमार - २८ दिन (E-Visa)

२३. पालाउ - ३० दिन 

२४. कतार - (E-Visa) 

२५. Rwanda- (E-Visa), ३० दिन 

२६.  सामोआ - Entry Permit (६० दिन) 

२७. सोमालिया - ३० दिन 

२८. तान्जानिया - ३ महिना 

२९. Timor-Leste - ३० दिन 

३०. टोगो - ७ दिन 

३१. Tuvalu - १ महिना 

३२. युगाण्डा - eVisa

३३. जिम्वावे - eVisa

३४. जाम्विया - eVisa

यस बिषयमा तपाइको प्रतिक्रिया...!