सपनामा महिला देखेमा के हुन्छ ?

Posted on: 23 Mar, 2018

ज्योतिष र सपनाको गहिरो सम्बन्ध छ । सपनामा कुनै महिला देख्नुभयो भने त्यसको विशेष अर्थ लाग्छ । कुनै पुरुषले सपनामा महिलालाई चुम्बन गर्यो वा संसर्ग गर्यो भने उसले अचानक धेरै धन पाउने सम्भावना हुन्छ ।

सपनामा बुर्का लगाइएको महिला देखियो भने मित्रबाट विश्वासघात हुन्छ । सपनामा तास खेलिरहेकी महिला देखियो भने सम्मान प्राप्ति हुन्छ र धनसम्पत्ति पनि बढ्छ ।

गोरी सुन्दर स्त्रीले अंगालो हालेको सपना देखियो भने छिट्टै धनप्राप्ति हुन्छ । सपनामा अप्सराहरूको दर्शन भयो भने अतुल्य धन पाइन्छ । 

भिखारीले पनि यस्तो सपना देखेमा मालामाल हुन्छ । सपनामा प्रेमिकासँग घुम्न गएको देखियो भने त्यही प्रेमिकासँग पछि दाम्पत्य जीवन सुमधुर हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!