के तपाई आफ्नो मुहारमा चमक ल्याउन चाहानुहुन्छ ? अपनाउनुस यी घरेलु विधि

Posted on: 21 Mar, 2018

सुन्दर रहने चाहाना कसलाई पो हुदैन र ? कतिपय मानिसहरु बजारमा निस्केका अनेकौ क्रिमहरुको पर्योग गरिरहेका हुन्छन जसले गर्दा छालालाई प्रत्यक्ष असर गरिरहेको हुन्छ |

]

बजारमा पाइने विभिन्न बाहिरि क्रिमहरु बिना प्राकृतिक वा घरेलु औषधिकै प्रयोगले पनि आफ्नो मुहार वा छालामा चमक ल्याउन सकिन्छ | जसका लागि यी तलका बिधिहरु अपनाउन सकिन्छ:-

१.सुन्तला र दहीको लेप वनाएर प्रयोग गरेर अनुहारमा गोरोपन ल्याउन सकिन्छ ।

२. वेसार, वेसन र दुधको मिश्रण वनाएर अनुहारमा १० मिनेटसम्म लगाउँने । त्यसपछि आइस फेसियल गर्नुपर्छ ।

३. मह र चियाको पानीको मिश्रण वनाएर प्रयोग गर्दा पनि अनुहार चम्किलो देखिन्छ ।

४. चन्दन, गुलाबजल, पदिनाको रस मिलाएर अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुपर्छ, यसले दाग हटाएर चमक ल्याउँछ ।

५. २ चम्चा सोयाविनको आटा, एक ठूलो चम्चा दही र मह मिसाएर प्याक बनाउने । यसलाई १५ मिनेट अनुहारमा लगाएर सफा गर्नुपर्छ ।

६. बेसन, काँचो दुध, केहि थोपा कागतीको रस र थोरै बेसारको लेप तयार गरेर शरीरको छालामा दल्नुपर्छ ।

७. ताजा अमला दुधमा हालेर पिस्ने, त्यसमा आधा चम्चा गुलावजल राखेर अनुहारमा हल्का मालिस गर्नुपर्छ ।

८. दहीलाई कुनै फेस प्याक वा फलसँग मिलाएर अनुहारमा लगाउन सकिन्छ । त्यसले छाला नरम एवं मुलायम हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!