यी राशिहरुबीचको प्रेम र विबाह कहिल्यै सफल हुँदैनन् !

Posted on: 05 Apr, 2023

एजेन्सी । ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुने गर्छन् । कुनै–कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ ।

जान्नुहोस्, जुन राशिहरुबीच प्रेम वा विवाह गर्नु नराम्रो मानिन्छ :

१. मिथुन र मकर – मिथुन राशिलाई मकरको जिद्दीपन र कुनै पनि कामलाई पूरा गरेरै छोड्ने बानी एकदमै मनपर्छ । यी राशिका व्यक्ति यति प्रभावित हुन्छन्, कि मकर राशिले जस्तै जीवनशैली बनाउँने प्रयास गर्छ । यस्तो अवस्थामा मिथुन राशिले आफ्नो अस्तित्व र आत्मविश्वास गुमाउँने गर्छन् ।

२. मेष र वृश्चिक – एकतर्फी प्रेमले कसरी समस्या उत्पन्न गराउँछ भन्ने कुरा यी दुई राशिको जोडीबाट थाहा पाउँन सकिन्छ । मेष राशिका व्यक्ति वृश्चिक राशिलाई चाहेर पनि मनाउँन सक्दैनन्, टाढा पनि बस्न सक्दैनन् । मेष र वृश्चिकका राशिले चाहेर पनि प्रेम वा विवाह गर्न नहुने ज्योतिष शास्त्रको भनाई छ ।

३. वृष र धनु – वृष र धनु राशिबीच प्रेम वा विवाह सम्बन्ध भएमा तहस–नहसको स्थिति सिर्जना गर्ने बताइन्छ । बृष राशिका व्यक्तिहरु जे सोच्छन् वा जीवनमा आफूले बनाएको लक्ष्य धनु राशिले परिवर्तन गराउँने अवस्थामा आउँछ । एकातिर धनु राशिकाले वृषका लाई पूरै परिवर्तन गराउँन चाहन्छन्, तर वृष राशिका परिवर्तन हुन चाहँदैनन् । यसरी यी राशिबीच तालमेल नमिल्ने हुन्छ ।

४. कर्कट र कुम्भ – कर्कट राशिलाई झुट मनपर्दैन, जहाँ कुम्भ राशिले भने सम्बन्धमा धेरै पारदर्शिता राख्नुपर्छ भन्नेमा विश्वास गर्दैन । त्यसैले, यी राशिबीच तालमेल नमिल्ने हुन्छ र यी बीचको सम्बन्धमा झमेला आउँने बताइन्छ ।

५. सिंह र मीन – मीन राशिका व्यक्ति आफ्नै दुनियाँमा व्यस्त रहने हुन्छन, जहाँ सिंह राशिका लागि भावना देखाउँनु र महसुश गराउँनेमा विश्वास गर्छ । सिंह राशिका व्यक्ति आफ्नो जोडी आफ्नो काममा पनि ध्यान दिओस्, कामप्रति राय तथा भावना व्यक्त गरोस भन्ने चाहन्छ । तर मीन राशिका व्यक्तिले भावुक सिंह राशिकालाई वास्तविक जीवनमा ल्याउँन गाह्रो हुन्छ । यसै कारण यी दुई राशिबीच सम्बन्ध बनाउँन गाह्रो हुने बताइन्छ ।

६. कन्या र मेष – कन्या राशिका व्यक्ति प्राय शान्त स्वाभावका हुन्छन् र विवादबाट बच्न चाहन्छन्, त्यसैले धेरै जसो झगडा, विवादआदिबाट बच्न अर्कोको कुरा मान्ने गर्छन् । तर, यसको फाइदा मेष राशिले उठाउने गर्छ । यस्तो अवस्थामा मेष राशिलाई आफ्नो जोडीबाहेक अरु केही मान्दैनन् ।

७. मकर र सिंह – हावी हुनु सिंह राशिको स्वाभाविक गुण भएका कारण मकर राशिका व्यक्तिलाई सम्बन्ध बिग्रने खतराको संकेत थाहा हुन्छ । यदि सम्बन्ध नबिग्रिएमा पनि यी दुई राशिबीच खुशीले बास पाउँदैन ।

८. वृश्चिक र मिथुन – वृश्चिक राशिलाई हरेक चीज गहिराईबाट बुझ्ने बानी हुन्छ, जहाँ मिथुन राशिको व्यवहार एकदम रहस्यमयी हुने बताइन्छ । यस्तो अवस्थामा वृश्चिकलाई मिथुनप्रति विश्वास कम हुँदै जान्छ ।

९.मीन र तुला – तुला राशिका व्यक्ति प्राय आफ्नो आवश्यकता पूरा गर्छ मीन राशिको आफ्नो जोडीमा निर्भर रहन्छन् । यद्यपी, मीनलाई यसप्रति खासै आपत्ति हुन्न, तर आँफूलाई तुला राशिका लागि आवश्यक रहेको ठान्ने भूल गर्छ र सम्मान नमिलेमा उनका लागि तनावको कारण बन्न सक्छ ।

१०. धनु र कर्कट – कर्कट राशिलाई आफ्नो परिवार र घरसँग निक्कै लगाव हुन्छ, तर पनि धनुका लागि यसले समस्या उत्पन्न गराउँछ । धनु राशिका व्यक्ति सँधै नयाँ सिक्ने इच्छामा हुन्छन् र कर्कट राशिलाई सुझाव दिन एकदमै मनपर्छ । यद्यपी, कर्कट राशिको व्यवहार धनु राशिलाई अधूरो लाग्छ ।

११. कुम्भ र कन्या – कुम्भ राशिका व्यक्ति थोरै स्वार्थी हुन्छन्, जहाँ कन्या राशिका व्यक्ति त्यागमयी हनुका कारण आवश्यकताभन्दा बढी आफ्नोभन्दा अरुको बारेमा चिन्ता गर्छन् । त्यस्तै, कन्या राशिले मनोविज्ञान पनि बुझ्छ, जो कुम्भ राशिको मनोस्थितिलाई बदल्ने प्रयत्न गर्छ ।

१२. तुला र वृष – आर्थिक मामिलामा यी दुवै राशिबीच एउटै प्रकारको राय हुन्छ, तर यी दुवै राशि एक–साथ रहनु असम्भव जस्तै हो । वृष राशि पैसालाई लिएर खासै बहस गर्न मान्दैन, यस कारण तुला राशिका व्यक्तिलाई वृषको साथ निभाउँन गाह्रो हुन थाल्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!