नयाँ च्याटबटले गलत जवाफ दिएपछि गुगललाई एक दिनमै १०० अर्ब डलर घाटा

Posted on: 09 Feb, 2023

माघ २६, काठमाडौँ | एजेन्सी | गुगलले हालै सार्वजनिक गरेकाे च्याटबट 'बार्ड'ले गलत जवाफ दिँदा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । कम्पनीले बुधबार आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सर्च इभेन्टमा उक्त च्याटबटले गलत जवाफ दिएपछि कम्पनीको शेयरमा १०० अर्ब डलर बढीले गिरावट आएको हो ।

उक्त कार्यक्रमको भिडिओ युट्युबमा लाइभ गइरहेको थियो । नयाँ च्याटबटको प्रचार गर्न आयोजना गरिएको कार्यक्रममै च्याटबटबाट गलत जवाफ आएपछि चौतर्फी आलोचना सुरु भएको छ ।

यो कमजोरी सबैभन्दा पहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले पत्ता लगाएको थियो । कुन स्याटलाइटले पहिलो पटक पृथ्वीको सौर्यमण्डल बाहिरको ग्रहको तस्वीर खिचेको थियो भन्ने प्रश्नको गलत जवाफ दिएको थियो ।

उक्त घटनापछि कम्पनीको शेयरमूल्य ८ प्रतिशतले घटेर प्रतिशेयर ९९.४० डलर पुगेको छ । गुगलले 'बार्ड'को प्रचार गर्दै ट्वीटरमा उक्त च्याटबटले जटिल प्रश्नको उत्तर सही तरिकाले दिन्छ भन्ने दाबी गरेको थियो ।

उक्त ट्वीट गरेको केही घण्टामै च्याटबटले गलत जवाफ दियो । उक्त ट्वीट अहिले पनि यहाँ क्लिक गरेर हेर्न सकिन्छ । माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन 'बिङ'मा च्याटजीपीटी समावेश गरेको घोषणा गरेसँगै गुगलले एआई सर्च कार्यक्रम आयोजना गरेको थियो ।

कम्पनीले कार्यक्रममा देखाएको उक्त विज्ञापनमा "ह्वाट न्यु डिस्कभरिज फ्रम द जेम्स वेब स्पेस टेलिस्कोप क्यान आई टेल माई नाइन इयर वल्ड अबाउट ? (What new discoveries from the James Webb Space Telescope (JWST) can I tell my 9-year old about?)" सोधियो ।

यसको अर्थ हुन्छ, "जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) मार्फत जुन नयाँ कुरा पत्ता लाग्यो, त्यसले मलाई मेरो ९ वर्षको बारेमा बताउन सक्छ ? हुन्छ । यो प्रश्न निकै घुमाउरो छ ।

यो प्रश्नको उत्तरमा बार्डले अपुष्ट जवाफ दियो । बार्डले जवाफमा सबैभन्दा पहिले जेम्स वेबले नै सौर्य प्रणाली बाहिरको फोटो खिचेको उल्लेख गर्‍यो । जब कि सौर्य प्रणाली बाहिरको तस्वीर सबैभन्दा पहिले युरोपेली दक्षिण अब्जर्बेटरीको भेरी लार्ज टेलिस्कोप (भीएलटी)ले खिचेको थियो ।

नासाका अनुसार उक्त फोटो सन् २००४ मा खिचिएको हो । परीक्षणकै अवधि भएकाले 'बार्ड'ले गलत जवाफ दिएको गुगलका एक प्रवक्ताले स्वीकारेका छन् । यो टुल सार्वजनिक रूपमा उपलब्ध भइसकेपछि कम्पनीले दाबी गरेजस्तै जानकारी दिने उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!