भिभो बन्यो लोकप्रिय स्मार्टफोन ब्रान्ड

Posted on: 06 Nov, 2022

एजेन्सी | विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभो, नेपालमा छोटो समय अवधिमै देशको लोकप्रिय स्मार्टफोन ब्राण्ड बनेको छ । आफ्नो ग्राहक–केन्द्रित दृष्टिकोणलाई पछ्याउँदै सधैं नवीन प्रविधिद्वारा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न प्रयासरत रहेको कम्पनीले जनाएको छ । 

उत्कृष्ट क्यामेरा क्षमता, तिव्र चार्ज हुने टेक्नोलोजी, अत्याधुनिक डिजाइन लगायतमा नवीन प्रविधिमार्फत भिभोले आकर्षक विशेवषताहरु प्रदान गर्दै आइरहेको छ । भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, “नेपालमा भिभोले छोटो समयमा यति धेरै उपलब्धि हासिल गरेको देख्दा खुशी लाग्छ । भिभोमा, हामी निरन्तर देशमा उत्कृष्ट प्रविधिहरू र अत्याधुनिक विशेषता भएका स्मार्टफोनहरू ल्याएर उपभोक्ताको मागहरू पूरा गर्दै आइरहेका छौं । भिभोले बेन्फेन (सही चीजहरू गर्ने र तिनीहरूलाई सही तरिकाले गर्ने) अवधारणामा विश्वास गर्दछ । यसैबाट निर्देशित भएर, हामी यहाँ हाम्रा ग्राहकहरू र साझेदारहरूसँग सुमधुर सम्बन्ध निर्माण गर्नुका साथै नेपालमा सेवाहरु प्रदान गर्न र विस्तार गर्न जारी राखेका छौं । हाम्रा ग्राहकहरू, च्यानल साझेदारहरू, वितरकहरू र खुद्रा विक्रेताहरूले हामीलाई दिनुभएको माया र निरन्तर सहयोगका लागि कृतज्ञ छौं ।”

नेपालमा शुरुवातदेखि नै भिभोले ग्राहकको आवश्यकता र सन्तुष्टिमा विशेष ध्यान दिँदै आइरहेको छ । हाल भिभोको देशभर १०००+ रिटेल स्टोरहरू छन् । नेपालमा विभिन्न स्थानमा रहेका ४ वटा सर्भिस सेन्टरमार्फत भिभोले सहजै ग्राहकहरुको समस्या समाधान गर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!