अब यसरी गर्न सकिन्छ फेसबुकमा अडियो कमेन्ट

Posted on: 29 Oct, 2022

कात्तिक १२, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले पटक-पटक बिभिन्न अपडेट दिईरहेको हुन्छ । यस्तैमा फेसबुकले नयाँ फिचर अपडेट दिएको छ । 

फेसबुकले दिएको नयाँ अपडेटमा अहिले बोलेर कमेन्ट लेख्न मिल्ने फिचर र कमेन्टमा टेक्स नलेखि आफूले पोष्टमा कमेन्ट गर्नुको सट्टा अडियोमै आफ्नो प्रतिक्रिया दिन मिल्ने फिचर उपलब्ध छ । तर यो फिचर सबैले नपाउन सक्छन् । अहिले फेसबुकको लाइट एप चलाउनेले यो फिचर पाउन सक्नुहुन्छ । केहि पुरानो फेसबुक अकाउन्ट भएकाहरुले यो फिचर उपयोग गर्न सक्नेछन् । तर निकट भविष्यमै सबैले यो फिचर पाउन सक्नेछन् । 

फेसबुक सञ्चालक कम्पनी मेटाले गत हप्ता नै फेसबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको जानकारी गराएको थियो । त्यसैले यो फिचर सबैलाई थाहा छैन । 

यदि तपाइले यो सुविधा लिन चाहनुहुन्छ भने आफ्नो मोबाइलमा फेसबुक लाइट एप खोल्नुहोस् । कुनै ग्रुप पोष्टमा कमेन्ट गर्नुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईकनमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।

अब रेकर्डको अप्सनमा थिच्नुहोस् र आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् । अब त्यसैलाई अडियोसँगै आफूले चाहेको कुरा टेक्स्टमा कमेन्ट गर्न सक्नुहुनेछ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!