जापानका लागि उडेको निगमको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्कियो

Posted on: 14 Sep, 2022

भदौ २९, काठमाडौँ | १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ ।

कार्गो समान राख्ने कम्पार्टमेन्टमा धुवा देखिएपछि जापान उडेको जहाज काठमाडौं फर्किएको हो । 

मंगलबार राति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाजमा समस्या आएको हो । निगमका एक अधिकारीले भने, ‘त्यो समस्या देखिँदा जहाज नेपालकै आकासभित्र थियो ।’ 

प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!