सिटी एक्सप्रेसको योजना: 'विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो'

Posted on: 29 Aug, 2022

भदौ १३, काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठलाई लक्षित गरि 'विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो' नामक योजनाको घोषणा गरेको छ । लगातार ६३ दिनसम्म चल्ने यस उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिनसम्म हरेक दिन १६ जनालाई  आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ । 


कम्पनीका अनुसार अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ । भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म योजना लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!