धर्तीमा पानी कहाँबाट आयो ? यसो भन्छन् वैज्ञानिक

Posted on: 17 Aug, 2022

भदौ १, काठमाडौँ | धर्तीमा पानी कहाँबाट आयो ? यो प्रश्न धेरैले सोध्ने गर्छन् । वैज्ञानिकले यसमाथि थुप्रै सिद्धान्त पेश गरेका छन् । अब जापानी वैज्ञानिकले पृथ्वीमा पानी क्षुद्रग्रहले लिएर आएको बताएका छन् । यो दाबी उनीहरुले एस्टेरोयड रियुगुको धुलोको अनुसन्धान गरेपछि गरेको हो । जापानले यो क्षुद्रग्रहको अनुसन्धानका लागि स्पेसक्राफ्ट हायाबुसा–२ पठाएको थियो ।

Space mission shows Earth's water may be from asteroids: Study | Deccan  Herald

हायाबुसा–२ स्पेसक्राफ्ट सन् २०२० मा क्षुद्रग्रह रियुगुबाट माटोको स्याम्पल लिएर फर्किएको थियो । त्यतिबेलादेखि वैज्ञानिकले यसबारे अनुसन्धान गरिरहेका थिए । अघिल्लो वर्ष पनि रियुगुमा असाध्यै प्राचिन मौलिक तत्व भेटिएको दाबी गरिएको थियो । अर्थात्, यसमार्फत् ब्रह्माण्डको उत्पत्तिबारे पत्ता लाग्ने मात्रै नभई पृथ्वीमा पानी कसरी आयो भन्ने सही जानकारी पनि पाइनेछ ।

हायाबुसा–२ क्षुद्रग्रह रियुगुबाट ५.४ ग्राम स्याम्पल लिएर आएको थियो । यो स्याम्पलको अनुसन्धान विश्वभरीका वैज्ञानिकले गरिरहेका छन् । वैज्ञानिकले यो माटोमा अर्गानिक तत्वसमेत पाएका थिए जुन धर्तीमा जीवनको उत्पत्तिको स्रोत हुनसक्छ । यो अनुसन्धानबाट के पत्ता लाग्छ भने अमिनो एसिडको निर्माण अन्तरिक्षमा कतै भएको थियो । यो शोध हालै जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित भएको छ । जसमा ब्रह्मान्ड, सौर्य मण्डल, ग्रह र धर्ती बन्ने कहानी बताइएको छ ।

Space mission reveals asteroids may be the source of Earth's water - Science

यसमा बताइए अनुसार अर्गानिक रिच–सी टाइप एस्टेरोइडमार्फत् धर्तीमा पानी आएको हुनसक्छ । जापानका वैज्ञानिकले एस्टेरोयड रियुगुमा असाध्यै प्राचिन मौलिक तत्व पाएका छन् । एस्टेरोयड रियुगू ८०० मिटर व्यासको पत्थर हो जसको अनुसन्धानका लागि जापानले हायाबूसा अन्तरिक्षयानलाई पठाएको थियो । यो पत्थरमार्फत् जुन स्याम्पल धर्तीमा आएका छन्, त्यो निकै गहिरो रङका छन् । यसको बीचमा एउटा हरियो रङको पदार्थ भेटिएको छ जुन कार्बनिक हो । यो पदार्थ धेरै नै पोरस अर्थात् छिद्रले भरिएको छ । यसको अर्थ यो हो कि ४५० करोड वर्ष अघि क्षुद्रग्रह रियुगूमा जीवनको संकेत थियो । आज पनि यो संकेत सम्भव छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटीका वैज्ञानिकले पनि यो स्याम्पलको अध्ययन गरेका छन् । उनीहरुका अनुसार स्याम्पलको माटो यति कालो छ कि यो सूर्यको किरणको सिर्फ २ प्रतिशत हिस्सा मात्रै परावर्तित गर्छ । यो कार्बनको एउटा विशिष्ट रुप हो । एस्टेरोयड रियुगु धर्ती र मंगलको बीचको कक्षमा धर्तीको चारैतिर चक्कर लगाउँछ ।

यसमा भएको छिद्रले के पत्ता लाग्छ भने यसको भित्रबाट पानी वा ग्यासको बहाव रहेको होला । अन्य अनुसन्धानमा के भनिएको छ भने यो मौलिक पदार्थको निर्माण माटोजस्तो पदार्थले भएको छ । अर्थात् कार्बनिक उत्पत्तियुक्त पदार्थ । यसको अर्थ के हो भने यो माटोमा जीवनको उत्पत्तिको सम्भावना छ । अर्को अनुसन्धान पेरिस–सेकले युनिभर्सिटीका प्राध्यापक सेडरिक पिलोरगेट र उनका साथीहरुले गरेका थिए ।

सेडरिक र उनको समूहले यो पदार्थमा कार्बोनेट्स र ज्वलनशील मिश्रणसमेत पाएका छन् । स्याम्पलमध्ये केही कार्बन कोन्ड्राइट्स हुन् । अब यी दुबै अनुसन्धानमाथि ध्यान दिने हो भने एस्टेरोयड रियुगूको सतह छिद्रले भरिएको भन्ने पत्ता लाग्छ । यसको छिद्रता ७० प्रतिशतभन्दा पनि बढी छ । अर्थात् यो प्रारम्भिक प्रोटो–ग्रहहरुको भाग भएको हुनुपर्छ । हाम्रो सौर्यमण्डलको निर्माणको समयमा सबैभन्दा प्रारम्भिक ढुङ्गा वा चट्टानहरु ।

एस्टेरोयड रियुगु कार्बनले भरपुर कोन्ड्राइट हो । यो निकै गहिरो रङको हो । बढी छिद्र छ । बढी नाजुक छ । दुबै अनुसन्धानका वैज्ञानिकले थप अनुसन्धानको आवश्यकता रहेको बताएका छन् । किनभने स्याम्पलको सुरुवाती अनुसन्धानमा यो कुरा सार्वजनिक भएको हो तर थप अनुसन्धानपछि सौर्य मण्डल कसरी बन्यो भन्ने पत्ता लाग्नेछ । कुन ग्रह कहाँबाट पैदा भए आदि ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान यस्तै एक अनुसन्धानका लागि एस्टेरोयड बेनुका लागि प्रस्थान गरेको छ । उक्त स्याम्पलको अनुसन्धान गर्नका लागि थुप्रै वैज्ञानिक संस्था लाइन लागेर बसेको छ ताकि सौर्य मण्डलसँग सम्बन्धित जानकारी हासिल गर्न सकियोस् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!