नेपाल टेलिकमका ग्राहकलाई कुनै पेजको सब्सक्राइब गरेपछि सुनको सिक्का दिने भन्दै म्यासेज आएपछि..

Posted on: 26 May, 2022

जेठ १२, काठमाडौँ | बिहीबार बिहान नेपाल टेलिकमका ग्राहकहरुलाई एउटा म्यासेज आयो, कुनै एउटा पेजको सब्सक्राइब गरेपछि १० ग्राम सुन जित्ने मौका । म्यासेज कसले कहाँबाट पठाएको हो, त्यो समेत नदेखिने गरी अनपजल नामबाट आएको म्यासेजमा भनिएको छ,  ‘वर्षको बम्पर अफर, साताको २० रुपैयाँ खर्च गर्ने गरी सब्सक्राइब गरेपछि १० ग्राम सुन जित्ने मौका ।’

उक्त म्यासेजमा एउटा लिंक दिइएको छ । जब उक्त लिंकमा क्लिक गरिन्छ, त्यसपछि ‘सुनको सिक्का उपहार’ भन्ने रोमनमा लेखिएको अक्षर आउँछ । त्यसभन्दा तल प्ले एण्ड विन गोल्ड क्वाइन्स’ भन्ने रोमनमै लेखिएको विज्ञापन देखिन्छ र त्यसको तल ‘ग्राण्ड पइज, टेन ग्राम्स गोल्ड क्वाइन्स’ भन्ने देखिन्छ । 


त्यसको तल यस गेम खेल्नका लागि तल दिइएको लिंकमा सब्सक्राइब गर्नुहोस् भनेर निलो ब्याकग्राउण्डमा सेतो अक्षरमा स्पष्टसँग देखिने गरी लेखिएको छ ।

सब्सक्राइब गर्ने स्थान पनि स्पष्टसँगै नै देखिन्छ । तर त्यसको तल टर्म्स एण्ड कण्डिसन्स र पैसा काटिनेबारेको सूचनाचाहिँ सानो अक्षरमा झट्ट हेर्दा नदेखिने गरी राखिएको छ । जहाँ यस ‘खेल’ खेलेवापत सातामा २० रुपैयाँ काटिने कुरा उल्लेख छ र एकपटक सब्सक्राइब गरेपछि ८ सातासम्म आफै सातामा २० रुपैयाँका दरले १६० रुपैयाँ ग्राहकले गरेको रिचार्जबाट सोझै गेम खेलाउनेको खातामा जान्छ । 

यो म्यासेज झट्ट हेर्दा ठगी गर्ने उद्देश्यले नै पठाइएको वा तयार पारिएको जस्तो बुझिन्छ ।’

यस्तो म्यासेज नेपाल टेलिकमका प्रिपेड र पोष्टपेड मोबाइल ग्राहकलाई आएकाले यस सम्बन्धमा टेलिकमका प्रवक्ता शोभन अधिकारीलाई सम्पर्क गर्दा सुरुमा उनले यसबारे कुनै जानकारी नभएकाले बुझेर जानकारी दिने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!