गुगल प्ले स्टोरबाट एकैपटक ९ लाख एप हट्दै

Posted on: 14 May, 2022

वैशाख ३१, काठमाडौं | गुगलले प्ले स्टोरबाट लामो समयसम्म अपडेट नभएका करिब नाै लाख एन्ड्रोइड एप हटाउने भएको छ । केही समयअघि मात्र गुगल र एप्पलले दुई वर्षसम्म अपडेट नभएका एपलाई हटाउने घोषणा गरेको थियो ।

सोही अनुरुप गुगलले आठ लाख ६९ हजार एप प्ले स्टोरबाट हटाउँदैछ भने एप्पलले छ लाख ५० हजार एप स्टोरबाट हटाउने भएको छ ।


गुगलले पहिलो चरणमा अपडेट नआएका एपलाई केही समय लुकाएर राख्ने बताएको छ । यदि नयाँ अपडेट आएमा प्रयोगकर्ताले सो एप प्रयोग गर्न पाउनेछन् । अन्यथा एप हटाइनेछ ।

आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि भन्दै दुवै कम्पनीले यस्तो निर्णय लिएका हुन् । पुराना एपले एन्ड्रोइड र आईओएसमा भएका परिवर्तन, नयाँ एपीआई वा परिष्कृत सुरक्षा अपडेट केही नपाउने भएकाले यी कम्पनीले एप हटाउने निर्णय लिएका हुन् ।

केही डेभलपरहरूले भने यो सम्भव नभएको बताएका छन् । विशेषगरी केही गेम डेभलपरहरूले दुई वर्षसम्म कुनै गेमका लागि अपडेट आवश्यक नहुँदा त्यसमा अपडेट नगरिने भएकोले यो निर्णय ठीक नभएको गुनासो पोखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!