नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम मध्ये भ्वाइस प्याकमा कुन कम्पनी सस्तो ? कसरी लिने सेवा?

Posted on: 05 May, 2022

वैशाख २२, काठमाडौं | नेपाल टेलिकम, भ्वाइस प्याकमा कुन कम्पनी सस्तो ?र स्मार्ट टेलिकमले आफ्ना ग्राहकका लागि भ्वाइस कल, डेटा र एसएमएसमा विभिन्न प्याकेज ल्याएका छन् । यसअन्तर्गत सबै कम्पनीले अल-नेट भ्वाइस प्याक ल्याएका छन् ।

यो प्याकेज प्रयोग गरी एउटाबाट सबै नेटवर्कमा सुपथ मूल्यमा कुराकानी गर्न सकिन्छ । आज हामी कुन कम्पनीले कति शुल्कमा यो प्याकेज उपलब्ध गराइरहेका छन् भन्ने विषयमा जानकारी दिँदैछौं ।

नेपाल टेलिकम

सरकारी स्वामित्वको नेपाल टेलिकमले अल-नेट भ्वाइस प्याकमा दुईवटा विकल्प दिएको छ । पहिलो, २६५ रुपैयाँमा ५०० मिनेट टकटाइम २८ दिनका लागि उपलब्ध छ भने दोस्रो, ५५० रुपैयाँमा १२०० मिनेट टकटाइम ३५ दिनका लागि उपलब्ध छ ।

प्रयोगकर्ताले प्याक लिन *1415*4# डायल गरी आफूले चाहेकाे भ्वाइस प्याकेज छान्न सक्छन् ।

एनसेल

एनसेलले अल-नेट भ्वाइस प्याक १४ मिनेट टकटाइम एक दिनका लागि करसहित १४ रुपैयाँ, ६५ मिनेट टकटाइम तीन दिनका लागि ४५ रुपैयाँ, १५० मिनेट टकटाइम एक साताका लागि करसहित ९४ रुपैयाँ र २२५ मिनेट टकटाइम १४ दिनका लागि १३५ रुपैयाँमा उपलब्ध गराएकाे छ ।

त्यस्तै ४७५ मिनेट टकटाइम २८ दिनका लागि २६५ रुपैयाँ र ७५० मिनेट टकटाइम २८ दिनका लागि ३८५ रुपैयाँ गरी विभिन्न छ ओटा विकल्प दिएको छ ।

त्यसका लागि प्रयोगकर्ताले *17118*3# गरी आफूले चाहेको प्याकेज खरिद गर्न सक्छन् ।

स्मार्ट टेलिकम

स्मार्ट सिम प्रयोगकर्ताका लागि अल-नेट भ्वाइस प्याकको दुईवटा विकल्प छ । कुनै पनि नेटवर्कमा कुराकानी गर्न सकिने १२ मिनेट टकटाइम एक दिनका लागि करसहित १२.७७ रुपैयाँमा उपलब्ध छ ।

त्यसका लागि प्रयोगकर्ताले *141*1*4*1# डायल गरी खरिद गर्न सक्छन् ।

साथै, १२० मिनेट टकटाइम एक महिनाका लागि करसहित १२६.४१ रुपैयाँमा उपलब्ध छ । प्रयोगकर्ताले *141*1*4*2# डायल गरी याे प्याक खरिद गर्न सक्छन् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!