सामसुङ ग्यालेक्सी ए२३ को मूल्य घट्यो

Posted on: 21 Apr, 2022

वैशाख ८, काठमाडौँ । सामसङ ग्यालेक्सी ए२३ औपचारिक रूपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँले घटाइएको छ । ग्यालेक्सी ए२३ ६ जीबीर१२८ जीबीको लागि नयाँ वर्षको अफर मूल्य अब रु.२९ हजार ९९९ र कायम गरिएको छ ।

त्यस्तै ग्यालेक्सी ए२३ ४ जीबीर६४ जीबीको लागि नयाँ वर्षको अफर मूल्य रु।२५ हजार ९९९र तोकिएको छ । सामसङ ग्यालेक्सी ए२३ स्न्यापड्रागन ६८० साथ ४ र ६ जीबी र्याअममा उपलब्ध छ । यो फोनमा ६४ र १२८ जीबी भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले १ टिबी  सम्म बढाउन सकिन्छ । यो फोनमा एण्ड्रोइड १२ र वान् युआइ ४.१ छ । 

यो सामसङ ग्यालेक्सी ए२३ मा ६.६ इन्चको एफएचडि प्लस स्क्रीन  राखिएको छ, जुन वाटरड्रप नचका साथ आउँछ । क्यामराको रूपमा ग्यालेक्सी ए२३ मा ४ ओटा क्यामरा लगाइएको छ, जुन ५० मेगापिक्सलको प्राइमरी सेन्सर, एउटा ५ मेगापिक्सलको अल्ट्रा वाइड सूटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामरा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!