नेपाल टेलिकमको होली अफर : ६९ रुपैयाँमै २४ सै घण्टा अनलिमिटेड डाटा !, अन्य अफर के छ ?

Posted on: 16 Mar, 2022

चैत २, काठमाडौँ । होलीको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु अफर ल्याएको छ। नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी  चैत ३ देखि चैत १७ गतेसम्म उक्त अफर उपलब्ध हुने टेलिकमले जनाएको छ। 

यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । 


                                                                  
यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!