आजदेखि ९० दिनको लागि नेपाल टेलिकमको अटम अफर, यस्ता छन् सुविधाहरु

Posted on: 18 Oct, 2021

कात्तिक १, काठमाडौँ | नेपाल टेलिकमले आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा अटम अफर उपलब्ध गराउने भएको छ । टेलीकमको यो अफर आज कार्तिक १ देखि ९० दिनसम्म लागु हुने छ ।

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर 

यो अफर ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले रु. २९९ मा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म डाटा उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड अन प्याक को रुपमा खरिद गर्न सक्नेछन् ।

यो अफर अन्तर्गत हरेक दिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिए पनि ६४ केबिपिएसको अनलिमिटेड डाटा सेवा उपलब्ध हुनेछ जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा भने रु. ३० मा १ जिबी, रु. ४० मा २ जिबी र रु. ५० मा ३ जिबीको डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी किन्न सक्नेछन् । 

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर: 

यो अफरमा जम्मा रु. ७९९ तिरेर अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट म्यासेज, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट म्यासेज पठाउन सकिनेछ । प्रतिदिनका लागि उपलब्ध १ जिबी डाटा सकिएको अवस्थामा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर: 

यो अफर अन्तर्गत जम्मा रु. ९९९ तिरेर अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट म्यासेज पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट म्यासेज पठाउन सकिनेछ । प्रतिदिनका लागि उपलब्ध २ जिबी डाटा सकिएमा सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर:

यो अफर अन्तर्गत जम्मा रु. १४९९ तिरेर अनलिमिटेड भ्वाइस, १००० वटा अननेट म्यासेज पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट म्यासेज पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध ४ जिबी डाटा सकिएमा सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।

सस्तो प्रिपेड कम्बो प्याक:

यो अफर प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध छ, जसमा रु २९९ तिरेर १५० मिनेट भ्वाइस, हरेक दिन १.५ जिबी डाटा र १५ वटा अननेट म्यासेज २८ दिनसम्म प्रयोग गर्न सकिनेछ । 

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक:

यो अफर अन्तर्गत जम्मा रु. ५९९ तिरेर प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । साथै अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सक्नेछन् ।

एफटीटीएच आइपिटिभी अफर:

एफटीटीएच आइपिटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध  हुनेछ । यस योजना अन्तर्गत २५ एमबिपिएस व्याण्डविथको शुल्क वार्षिक जम्मा रु.१५ हजार ९८० मा प्राप्त गर्न सकिनेछ । त्यस्तै ४० एमबिपिएसको बार्षिक रु.१७ हजार १०० र ८० एमबिपिएसको बार्षिक २२ हजार ५०० मा उपलब्ध हुनेछ । 

यही सेवा अन्तर्गत ३ महिनाको लागि सेवा लिन चाहनेले २५ एमबिपिएसको रु.४ हजार १०० मा ४० एमबिपिएसको रु.५ हजार ५०० र ८० एमबिपिएसको जम्मा रु.७ हजार २०० मा सेवा पाउनेछन् । त्यस्तै मासिक रुपमा सेवा लिंदा २५ एमबिपिएस रु.१ हजार ४०० मा, ४० एमबिपिएस रु.१ हजार ८५० मा र ८० एमबिपिएस जम्मा रु.२ हजार ४५० मा सेवा प्राप्त गर्नेछन् । 

एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डाटा सेवा मात्र पनि सहुलियत दरमा प्राप्त गर्न सकिनेछ । यसमा २५ एमबिपिएस डाटा रु. १,००० मा, ४० एमबिपिएस डाटा रु. १,५०० मा र ८० एमबिपिएस डाटा रु.२,००० मा उपलब्ध हुनेछ । यी सेवाहरु ३ महिनाका लागि लिंदा २५ एमबिपिएस डाटा रु.२,८५० मा, ४० एमबिपिएस लिंदा रु.४,२०० मा र ८० एमबिपिएसलाई रु.५,५०० मा लिन सकिनेछ । यो सेवा वार्षिक रुपले लिंदा २५ एमबिपिएसको रु.१०,५०० मा, ४० एमबिपिएसको रु.१५,३०० मा र ८० एबिपिएसको रु.२०,५०० मा उपलब्ध हुनेछ । 

वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन ३०० एमबी मोबाइल डाटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ । 

एफटीटीएचबाट डाटा सेवा मात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने भएको छ । यसमा डाटा सेवा मात्र एक वर्षका लागि लिंदा ५० एमबिपिएसको रु.२४ हजार ८०० मा, ८० एमबिपिएसको रु.३२ हजार ८०० मा र १०० एमबिपिएसको रु.४० हजार ८०० मा उपलब्ध हुनेछ । त्यस्तै यो सेवा ३ महिनाको लागि लिंदा ५० एमबिपिएसको रु.१२ हजार ६०० मा, ८० एमबिपिएको रु.१६ हजार ५०० मा र १०० एमबिपिएसको रु.२० हजारमा सेवा उपलब्ध हुनेछ । यो सेवा एक महिनाको लागि लिँदा ५० एमबिपिएसको रु.४ हजार ५०० मा, ८० एमबिपिएसको रु.६ हजारमा र १०० एमबिपिएसको रु.७ हजार ५०० मा उपलब्ध हुनेछ । 

यसैगरी डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउनेछ । जसमा एक महिनाका लागि सेवा लिंदा ५० एमबिपिएसको रु.५ हजार १७८ मा, ८० एमबिपिएसको रु.६ हजार ६७८ मा र १०० एमबिपिएसको रु.८ हजार १७८ मा सेवा उपलब्ध हुनेछ । ३ महिनाको लागि यो सेवा लिंदा ५० एमबिपिएसको रु.१४ हजार ५२३ मा, ८० एमबिपिएसको रु.१८ हजार ४२३ मा र १०० एमबिपिएसको रु.२१ हजार ९२३ मा उपलब्ध हुनेछ । एक वर्षको सेवा लिंदा ५० एमबिपिएसको रु.३१ हजार ३०९ मा, ८० एमबिपिएसको रु.३९ हजार ३०९ मा र १०० एमबिपिएसको रु.४७ हजार ३०९ मा उपलब्ध हुनेछ । 

नेपाल टेलिकमका अनुसार माथिका विभिन्न प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415#​ डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!