कसरी भए फेसबुक, इन्स्टा र ह्वाट्सएप डाउन ?

Posted on: 05 Oct, 2021

असोज १९ , काठमाडौँ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन भएका थिए।  जसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्मले पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पनीले यसबारे यस्ताे जानकारी दिएको छ ।

डोमेन नेम सिस्टम (डीएनएस) का कारण फेसबुक डाउन भएको बताइएको छ । डीएनएसलाई इन्टरनेटको फोनबुक पनि भनिन्छ । यसमार्फत् जब प्रयोगकर्ताले कुनै होस्ट नेम जस्तै फेसबुक डट कमलाई यु आर एलमा टाइप गर्छ तब डीएनएस यसको आइपी एड्रेसमा परिवर्तन हुन्छ । आइपी अड्रेस अर्थात् जहाँ साइट हुन्छ ।

यसबाहेक बीजीपी (ब्रोडर गेटवे प्रोटोकल) का कारण पनि यी प्लेटफर्ममा समस्या देखिएको फेसबुकले बताएको छ । बीजीपीमा आइपी अड्रेस र डीएनएस नेमसर्भरको रुट हुन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ, यदि डीएनएस इन्टरनेटको फोनबुक हो भने बजिीपी यसको नेभिगेशन सिस्टम हो ।

बीजीपीले नै कुन रुटबाट डाटा सबैभन्दा तीब्र गतिमा पुग्छ भन्ने निर्धारण गर्छ । फेसबुकबाट यही गल्ती भएको हो । डीएनएस रिजोलुशन फेल्योरका कारण फेसबुकलाई प्रयोगकर्ताले एक्सेस गर्न सकिरहेका थिएनन् । इन्टरनेट इन्फ्रास्ट्रक्चर कम्पनी क्लाउडफ्लेयरका मुख्य प्राविधिक अधिकारी जोन ग्राहम–क्युमिङ्ग्सका अनुसार फेसबुकले आफ्नो राउटर्समा केही गरे जसका कारण फेसबुकको नेटवर्क अन्य इन्टरनेटसँग कनेक्ट हुन सकिरहेको थिएन ।

यसको विषयमा फेसबुकको तर्फबाट भनियो, ‘ब्याकबोन राउटर जसले डेटा सेन्टर र नेटवर्क ट्राफिकबीच समन्वय गर्छ, त्यसमा कन्फिग्रेशन परिवर्तन हुँदा यस्तो भएको हो । यो नेटवर्क ट्राफिकका कारण डेटा सेन्टर कम्युनिकेशनमा असाध्यै धेरै प्रभाव पर्यो र सेवा केही घण्टाका लागि अवरुद्ध भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!