तार विना चार्ज गर्न मिल्ने आइप्याड बजारमा आउँदै

Posted on: 07 Jun, 2021

जेठ २४, वासिङ्टन (रासस/एएनआई) । विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । 

अहिले नयाँ विषेशता सहितको आइप्याड परीक्षणकै क्रममा रहेकाले अर्को बर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ ।  

तार विना चार्ज हुने ट्यावलेट प्लग लगाएर चार्ज गर्ने ट्यावलेटभन्दा बढी टिकाउ हुनेपनि कम्पनीका अधिकारीहरुले जनाएका छन् । 

चार्जर विना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ विषेशताहरु पनि थप्ने तयारी भइरहेको उनीहरुको भनाइ छ ।  

विना तार चार्ज गर्न मिल्ले डिभाइस एप्पलकै अन्य डिभाइज चार्ज गर्न पनि मिल्ने बताइएको छ । एउटै डिभाइसले आइप्याड वा आइफोनलाई पनि चार्ज गर्न मिल्ने उनीहरुले दावी गरेका छन् । 

तार विना पनि चार्ज गर्न मिल्ने भएपछि त्यसको प्रयोग धेरै सजिलो हुने र लोकप्रिय पनि हुने देखिएको छ । 

प्लगबाट चार्ज गर्नुपर्ने मोवाइलहरु चार्जका लागि विद्युतको लाइन भएकै ठाउँमा राख्नु पर्ने बाध्यताले भएका कतिपय कठिनाइ अव हट्ने भएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!