‘पोको एफ थ्री’ नेपाली बजारमा, के के छन् फिचर ?

Posted on: 25 May, 2021

जेठ ११, काठमाडौं । नेपाली बजारमा ‘पाको एफ थ्री’ फाइभजी स्मार्टफाेन सार्वजनिक भएको छ । मंगलबार कम्पनीले दुई स्टोरेज भेरियन्टमा यो मोडल बजारमा सार्वजनिक गरेको हो ।

एन्ड्रइड ११ मा चल्ने य फोनमा क्वालकमको स्न्यापड्रागन ८७० चिपसेट छ । १२० रिफ्रेस रेट र ३६० हर्जको टच स्याम्पलिङ रेटसहित फोनमा ६.७ इन्चकाे ईफोर एमोलेड प्यानल रहेको छ ।


पोको एफ थ्रीमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज गरी अप्सन रहेको छ । क्यामेराको कुरा गर्दा फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप छ, जसअन्तर्गत फोरके भिडिओ रेकर्डिङ गर्न सक्ने ४८ मेगापिक्सेलको प्राइमेरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल र ५ मेगापिक्सेलको टेलिफोटो म्याक्रो लेन्स रहेको छ ।

त्यस्तै २० मेगापिक्सेलको पञ्चहोलसहितको सेल्फी क्यामेरा छ । यो फोनमा ४५२० एमएएचको ब्याट्री दिइएको छ, जसमा ३३ वाटको फास्ट चार्जिङ सपोर्ट छ । यो फोन ब्ल्यु, ह्वाइट र ब्ल्याक कलरमा उपलब्ध छ । नेपाली बजारमा यो फोनको मूल्य ६ जीबी प्लस १२८ जीबी भेरियन्टको ४६ हजार ९९९ रूपैयाँ रहेको छ भने ८ जीबी प्लस २५६ जीबी भेरियन्टकाे ५१ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

साथै कम्पनीले जून ३० अघि किन्ने ग्राहकका लागि एक वर्षको ब्रेकेज इन्स्योरेन्स प्रदान गरेकोछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!