दूरसञ्चारले १० जिल्लामा सक्यो ब्रोडब्याण्ड इन्टरनेट जडान, नचले जानकारी गराउन आग्रह

Posted on: 25 May, 2021

जेठ ११, काठमाडौं ।  ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालनबाट नेपाल दूरसञ्चार प्राधिकरणले १० जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट जडानको काम सकेको छ। 

निजी कम्पनीलाई ठेक्कामार्फत टेलिकमले ब्रोडब्याण्ड इन्टरनेट जडानको काम गरेको हो । जसमा कास्की, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँमा वर्ल्डलिंकले र इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा टेकमाइण्ड्स नेटवर्कले ब्रोडब्याण्डको काम सकेको प्राधिकरणले जनाएको छ। 

यी जिल्लाहरुका स्थानीय निकायका कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा आरडीटीएफ परिचालन गरी ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याएको प्राधिकरणले जनाएको छ।

सेवा सञ्चालनमा कुनै गुनासो भए प्राधिकरणले सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ। त्यसैगरी, यी जिल्लाहरुको कुनै पनि पूर्वनिर्धारित संस्थाहरुमा इन्टरनेट जडान हुन छुट भएमा १५ दिनभित्र प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरेको छ। 

ब्रोडब्याण्ड परियोजना सञ्चालनको सम्झौता रकम पाँच अर्ब ६७ करोड रुपैयाँ छ। जसअन्तर्गत प्राधिकरणले २०७७ चैतसम्म झण्डै तीन अर्ब रुपैयाँ सेवा प्रदायकहरुलाई भुक्तानी गरिसकेको छ। परियोजनाको वित्तीय प्रगति ५२ प्रतिशत पुगेको बताइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!