लकडाउनमा टेलिकमको ‘स्टे कनेक्टेड’ : ३९ रुपैयाँमा दिनभर अनलिमिटेड डेटा

Posted on: 13 May, 2021

वैशाख  ३०, काठमाडौँ । कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधाका लागि नेपाल टेलिकमले वैशाख ३१ (मे १४) देखि १ महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर उपलब्ध गराउने भएको छ । कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले वैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको हो ।

अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफर अन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिने छ । यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय अघि पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ ।

यस अवधिमा एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराइने छ । २ सयदेखि ४ सय ९९ रुपयाँसम्म रिचार्ज गर्दा ५ सय एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी ५ सय वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १ जीबी डाटा उपलब्ध गराइने छ र सो डाटा ४ दिन भित्र प्रयोग गर्न सकिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!