सात महिनाको यात्रापछि अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

Posted on: 19 Feb, 2021

फागुन ७, काठमाडौँ | अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गराउन सफल भएको छ । 

नेपाली समयानुसार आज बिहान पौने तीन बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ । सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो ।

सात महिनाको यात्रापछि ६ वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो । अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्नुअघि वैज्ञानिकले सबैभन्दा कठिन चुनौती मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नु नै रहेको बताएका  थिए । अन्तरिक्षको यानको सफल अवतरणसँगै क्यालिफोर्नियामा रहेको कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले खुशी मनाएका छन् ।

Credits: NASA/Bill Ingalls

अन्तरिक्ष यानले मंगल ग्रहमा पहिले जीवन भए/नभएको अध्ययन गर्ने गर्नेछ । अहिलेसम्म मङ्गल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!