सुर्खेतमा क्यान इन्फोटेक सुरु

Posted on: 08 Mar, 2019

फागुन २४, सुर्खेत  । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्यान इन्फोटेक सुरु भएको छ । कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाले ईन्फोटेकको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार उद्घाटन गरेका हुन् । इन्फोटेकमा नेपाली वैज्ञानिकहरुद्वारा निर्माण गरिएको रोबोर्टले रिबन काटेर स्टलहरुको उद्घाटन गरेको हो । फागुन २८ गतेससम्म सञ्चालन हुने क्यान इन्फोटेकमा आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनारजस्ता कार्यक्रमहरु सञ्चालन  हुनेछन् ।


इन्फोटेकका मुख्य आकर्षकको रुपमा सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्रबाट हरेक दिन एक जनालाई रारा भिजिटलगायतका कार्यक्रमहरु समोवेश गरिएको छ । त्यस्तै इन्फोटेक मेलामा कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाईपिङ्ग कम्पीटिसन, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, दृष्टिविहीनहरुलाई कम्प्युटर मोवाईल चलाउन सिकाईने, सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था, अनलाईन टिकेटिङमा निशुल्क टिकटको व्यवस्था र हरेक दिन १० जनालाई एनपिएभी एन्टिभाईरस सित्तैमा प्रदान गरिने कार्यक्रमहरु रहेका छन् ।


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा क्यान इन्फोटेकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली सरकारले प्रदेशलाई डिजिटल बनाउने लक्ष्य यस्तो प्रविधीको सहयोगका मात्र पुरा हुने बताए । विज्ञान र प्रविधिको विकासले मात्र अन्य बिकास सहज हुने भन्दै त्यसका लागि प्रविधीको बिकास र प्रयोग बढाउनु पर्नेमा उनले जोड दिए । ‘अब कर्णाली प्रदेशमै नयाँ अनुसन्धान गरेर नयाँ प्रविधी आविस्कार गर्न आवश्यक छ’ उनले भने ।

कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासीयाले कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको निर्माण गर्ने योजनाले प्रविधीको बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सहज, सरल र समुन्नत ढंगले अघि बढ्नका लागि प्रविधिलाई जीवनशैलीमा प्रयोग गर्नु पर्ने उनको सुझाव छ । कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले कर्णाली प्रदेशमा सूचना, संचार र प्रविधिमा जानकारी दिनुका साथै प्रचार–प्रसारमा टेवा पु¥याउने बताए । आइएमइ पे मुख्य प्रयोजक रहेको इन्फोटेकमा भिष्टा सिसिटिभीले एशोसियट प्रयोजन गरेको छ । कर्णाली प्रदेश भित्रका १० वटै जिल्लाको सहभागीता रहेकाले करिब १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको दावी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!