कालिकोटमा एनआईसी एसियाको एटिएम सेवा सञ्चालन

Posted on: 02 Mar, 2018

फागुन १८, कालीकोट । एनआईसी एसिया बैंक कालीकोट शाखाले शुक्रबारदेखी ऐटिएम सेवा शुरु गरेको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई छिटो छरितो सेवाका साथै आधुनिक सेवाको उपभोग गर्नका लागि सबै शाखाबाट एटिएम सेवा बिस्तार गर्ने उद्देश्यले कालिकोटमा पनि एडिएम सेवा सुचारी गरेको शाखा प्रबन्धक उजिरसिंह भण्डारीले जानकारी दिए ।

बैकले कालिकोटमा शाखा स्थापना भएको एक बर्ष पुगेको उपलक्ष्यमा एटिएम सेवा थप गरेको प्रमूख भण्डारीले जानकारी दिए । शुक्रबार खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले एटिएम सेवाको सुरुवात गरेका हुन् । कालिकोटमा शाखा स्थापना भएको एक बर्षमा ३ हजार ५ सय भन्दा बढी ग्राहकहरुले खाता सञ्चालन गरेको जानकारी दिए ।

उनका अनुसार बैंकले जिरो ब्यासेन्समा पनि खाता खोल्ने, बार्षिक १० प्रतिशत व्याज दिने, एटिएम सेवा, मोबाईल बैकिंङ सेवा, ईन्टरनेट बैंकिंङ सेवा पहिलो बर्ष निःशुल्क प्रदान गरिएको छ । 

उनले कालिकोटमा खोलिएको खाताको मुलुक भरका जुनसुकै शाखाबाट पनि चेक निकाल्न सकिने भएकाले सेवाग्राहीलाई सहज हुने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!