सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

Posted on: 28 Sep, 2017

असोज १२, बैतडी (रासस) | बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेको बैतडीको गोकुलेश्वरका सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केहीबेर घर बाहिर तथा खुला ठाउँमा जम्मा भयौँ ।” 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो । 

यसअघि गत भदौ ६ गते पनि सुदूरपश्चिमकै बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!