कपिलवस्तु देखि काठमाडौँ सम्मा सांगतिक यात्रामा रमाउदै

Posted on: 25 May, 2017

मो. इमरान खान | जेठ ११, कपिलवास्तु | कपिलवास्तु जिल्ला को सुरुचि पन्थी, नेपाली संगतिक क्षेत्रमा केहि गर्छु र आफ्नो बेग्लै पहिचान बानाउछु भन्दै  बिगत एक दशक देखि यस छेत्रमा रहेकी सुरुचि मिठो स्वोरको धनि हुन ।

काठमाडौं सपनाको सहर भनिन्छ यो अर्थमा कि आट गर्न सक्ने हो भने काठमाडौँमा निकै अवसरहरु पनि छन र पुरा गर्नका लागि लगन र इच्छा भएकाहरुले अवसर पाए पुरा पनि गरिहाल्छन । तिनै मध्ये एक हुन् कपिलवास्तु जिल्लाको सुरुचि पन्थी । नेपालको पश्चिमी भेगमा अवस्थित कपिलवस्तुमा ३ बर्ष स्थानीय संचारकर्मीको रुपमा काम गरिकी सुरुचिको सफा, निखारिएको आवाजको कपिलवस्तुमा खुलेर तारिफ हुने गरेको छ ।

कपिलवस्तुको भिभिन्न कार्यक्रमहरुमा  दर्शक श्रोतको निकै माया र प्रोत्साहनले सुरुची अझै लगनसाथ नेपाली संगीतमा आफुले सकेको गर्ने  भन्छिन । कपिलवस्तुको भलवाडभन्ने ठाउमा बुवा नेत्रराज पन्थी र आमा गीता पन्थीकि  जेठी छोरी  सुरुचिलाई परिवारको निकै राम्रो समर्थन छ बिसेष गरि आमाको निकैनै राम्रो साथ र बेला बेलामा हौसलाले सुरुचीलाई निकै उर्जा मिल्ने गरेको सुरुची बताउछिन । आनौपचारिक रुपमा सानै देखि स्कुलले जीवनदेखि नै गाउने सुरुचि  आहिले औपचारिक रुपमा कैलाशनाथ श्री संगीत पाठसालमा गुरु चण्डी प्रसाद काफ्लेबाट संगीत सिक्दै छिन । केहि समय आगाडी मात्र सुरुचिले गौरव पौडेलको सब्द संगीतमा रहेको एकै नजरमा बोलको गित सार्वजनिक गरेकी थिईन । महेन्द्र बेलबासे र सुरुचीको आवाजमा रहेको उक्त गित बुटवल आसपासका छेत्रमा छायांकन भएको थियो भने यसमा राजु महतरा र आकर्ती पाण्डेको अभिनय रहेको छ भने बिष्णु भट्टराईको कुसल निर्देशनले म्युजिक भिडियोले पूर्ण रुप पाएको थियो ।

सुरुचीको हालसम्म ४ ओटा भन्दा बडी गितहरु रेकर्ड भैसकेको र ३ ओटा सार्बजनिक भैसकोको छ । सुरुची ३ बर्ष देखि हालसम्म म्युजिक सिकदै अएकि हुन । सुरुचीको आउने सुरेश अधिकार को सगिंतमा र पुरुस्तम डुगेल को शब्दमा हारे मैले यो मन तिमी सगँ हारे भन्ने बोलमा अइरहेकोे नया गित को जानकारी दिनुभयो । सुरुची फाइन्नस कम्पानी मा काम गरछिन र पढाई गरछिन जति समय बच्छा आफनो पुरा समय सगितमै बिताउछिन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!