मुगुमा तीन दिनदेखी अवरुद्ध मोबाईल फोन र ईन्टरनेट सेवा सुचारु

Posted on: 09 Apr, 2017

चैत २७, मुगु | मुगु सदरमुकाम गमगढी सहित जिल्लाभर गएको ३ दिन देखी अवरुद्ध मोबाईल फोन र ईन्टरनेट सेवा सुचारु भएको छ । 

जुम्लाको हिमाल गाउँपालिकामा पर्ने डाफेँ लेकमा रहेको नेपाल टेलिकमको टावरमा आएको समस्याका कारण गत बिहीबार रातिबाट अवरुद्ध भएको सेवा आज दिउसोँबाट सुचार भएको हो । मोबाईल सेवा अन्र्तगतका नमस्ते र स्काई सिम र ईन्टरनेटमा समस्या आउदाँ केही मुगुका बासिन्दालाई सास्ती भएको थियो । 

नेपाल टेलिकमको जुम्ला कार्यालयबाट गएको टोलीले टावरमा आएको समस्या समाधान गरेपछि अवरुद्ध सेवा सुचारु भएको नेपाल टेलिकम मुगुले जनाएको छ ।  - नन्द बहादुर रोकायाको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!