टेलिकमको फोर-जी चलाउन के गर्ने ? कति शुल्क लाग्छ ?

Posted on: 01 Jan, 2017


पुस १७, काठमाडौं । नेपाल टलिकमले आफ्नो मोबाइल डाटा सेवामा चौथो जेनेरेशनको फोर-जी सेवा आजदेखि पोखरा र काठमाडौँबाट प्रारम्भ गरेको छ । यो सेवा मार्फत अब टेलिकमको इन्टरनेट डाटा निकै तिब्र गतिको हुनेछ । 

कसरी सुचारु गर्ने फोरजी ? 

तत्कालका लागि यो सेवा पोस्टपेड मोबाइल बोक्नेहरुको लागि मात्र हो । तर पोस्टपेड मोबाइल बोक्नेले पनि पुरानो सिमबाट यो सेवा लिन सक्दैनन् यसको लागि नयाँ युसिम किन्नुपर्ने हुन्छ । अहिले फोरजिको परिक्षण चरणमा भएकाले माघपछि मात्र प्रिपेड सिम बोक्नेले पनि यो सेवाको उपभोग गर्न पाउने टेलिकमले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पोस्टपेड ग्राहकले तत्काल फोरजी चलाउनको लागि युसिम लिनुपर्ने हुन्छ । उक्त सिम टेलिकमबाट पाइन्छ । 

आगामी माघ २२ मा हुने वार्षिकउत्सवमा फोर-जीको ब्यवसायिक लञ्चिङ गर्दै प्रिपेडमा पनि विस्तार गरिनेछ । आफ्नो पोस्टपेड मोबाइलमा फोरजी सुचारु गर्न *444# डायल गर्नुहोस | 

शुल्क कति ? 

नयाँ सेवा दिएसंगै टेलिकमले डाटा शुल्कमा भने केहि घट-बढ गरेको छैन । पहिलेकै शुल्कमा डाटा किन्नुपर्ने हुन्छ । पहिलो चरणमा भएकाले टेलिकमले पोस्टपेड प्रयोगकर्ताहरुलाई ४ जीबीको निशुल्क फोरजि डाटा दिनेछ जसको अबधि ४ दिनसम्मको हुनेछ । यो अफरको अबधि भने यही जनवरी महिनाभारको लागि मात्र सिमित हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!