नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

Posted on: 19 Mar, 2023

चैत ५, काठमाडौँ | आजभोलि प्राय सबैको हात हातमा स्मार्टफोन हुन्छ । स्मार्टफोन नहुने मान्छे सायदै भेटिन्छन् । धेरै काम मोबाइलबाटै हुन्छ । प्राय १ देखि २ वर्षमा नयाँ मोबाइल किनिरहेका हुन्छौं । 

पछिल्लो समय एन्ड्रोइड मोबाइलको बजार प्रतिस्पर्धी भएको छ । धेरै ब्राण्डहरू बजारमा उपलब्ध छन् । ती फोनहरूमा उस्तै उस्तै फिचरहरू छन् । 

यस्तो अवस्थामा नयाँ एन्ड्रोइड मोबाइल किन्नु परे निर्णय लिन दोधार हुन्छ । उस्तै उस्तै फिचर र मूल्यका कारण कुन किन्ने, कुन किन्ने हुन्छ ? । 

त्यसकारण यदि तपाई नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ के के कुरामा ध्यान दिने बारे आज हामी तपाईलाई जानकारी दिदैछौं ।

शक्तिशाली प्रोसेसर 

कुनै पनि स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै त्यसको प्रोसेसर हो । यसलाई स्मर्टफोनको मस्तिष्कको रुपमा पनि बुझ्ने गरिन्छ । प्रोसेसरकै माथि गेमिङ, फोटोग्राफी, स्टोरेज, सञ्चार र वेब ब्राउजिङ भर पर्ने गरेको हुन्छ ।

त्यसकारण प्रोसेसर राम्रो भएमा फोनले वर्कलोड पनि राम्ररी धान्न सक्छ । प्रोसेसर राम्रो नभएमा फोनमा गर्न सकिने गतिविधिहरु पनि सिमित हुने गर्दछ ।

३०० केदेखि ५०० केबिचको एनटुटु स्कोर भएको प्रोसेसर साधारण प्रयोगका लागि राम्रो हुने गर्दछ तर त्यो भन्दा बढी चाहिएमा ७०० के वा बढिको एनटुटु स्कोर भएको हुनुपर्छ । 

६ जीबी र्‍याम

तपाईको फोनको प्रमुख स्टोरेज रोम भएता पनि फोनले सर्टटर्म मेमोरीका लागि र्याम प्रयोग गर्ने गर्छ । तपाईको फोनमा जति धेरै र्याम भयो त्यतिनै मल्टिटास्क गर्नका लागि सहज हुने गर्दछ ।

यसले गर्दा एप बन्द नगरी ब्याकग्राउण्डमा एपहरु चलाउन सकिन्छ । फोनमा कति र्याम हुन सक्छ भनेर परक पर्ने गर्छ । र्याम स्टोरेज २ जीबी देखि १२ जीबीसम्मका मोबाइल उपलब्ध छन् ।

तर सामान्यतया साधारण प्रयोगका लागि ६ जीबी र्‍याम भए पुग्छ । ६ जीबी र्‍याम भएको फोनमा तपाईले एकसाथ धेरै काम गर्न सक्नुहुन्छ । 

१२८ जीबी आन्तरिक स्टोरेज

हामी कतिपयले फिल्म, गेम, एप, डकुमेन्ट, फोटो, भिडियो र गीत डाउनलोड गर्ने गरेका छौँ । यो सबै फोनको स्टोरेजमा गएर सेभ हुने गर्दछ ।

योसँगै क्यामेराहरू राम्रो हुँदै गएकाले फोटो र भिडियोको फाइल साइज पनि पहिले भन्दा बढ्दो छ । त्यसकारण फोन किन्दा स्टोरेज क्षमता पनि ख्याल राख्नु पर्दछ ।

केही वर्ष अगाडिसम्म स्टयाण्डर्ड भनेकै ३२ जीबी रोम अर्थात स्टोरेज रहेको थियो तर अहिलेका फ्ल्यागशीपहरु एक टेराबाइटसम्म रहेका छन् । अहिले १२८ जीबी धेरै जस्तो फोनका लागि स्ट्याण्डर्ड बन्न गएको छ ।

तर २५६ जिबीसम्मको स्टोरेज भएको स्मार्टफोन छनोट गर्दा राम्रो हुन्छ । तपाईको फोनमा माइक्रोएसडी कार्ड स्लट भएमा झनै राम्रो हुन्छ । यसले स्टोरेज थप्न सकिन्छ । 

१२० हर्ज रिफ्रेस रेट डिस्प्ले

स्मार्टफोन उद्योगमा रिफ्रेस रेट प्रविधि एकदमै विकास भएर आएको छ । सबैजसो कन्टेन्ट स्क्रीनमै हेरिने हुँदा पक्कै पनि डिस्प्लेमा त स्मार्टफोन कम्पनीले काम गरेको कुनै आश्चर्यजनक विषय होइन् ।

तपाईले स्र्माटफोनमा लगानी गरे अनुसार डिस्प्लेमा फरक पर्न सक्छ तर कम्तिमा पनि १२० हर्जको डिस्प्ले भएकै स्मार्टफोनको छनोट गर्नुपर्ने हुन्छ । योसँगै एफएचडी रिजोलुसन, एएमओएलइडी कलर र कम्तिमा पनि ८५ स्क्रीन टू बडि अनुपात रहेको हुनुपर्छ । 

फास्ट चार्जिङसहितको ब्याट्री

५ हजार एमएएच भन्दा तलको ब्याट्री प्रतिस्पर्धात्मक हुँदैन् । सफ्टवेयर अप्टिमाइजेसनले पनि तपाईको ब्याट्री लाइफमा एकदमै धेरै प्रभाव पार्ने गर्दछ । फोनमा कम्तिमा पनि २५ वाटको फास्ट चार्जिङ पनि हुन आवश्यक छ । 

अप्टिमाइज्ड क्यामेरा प्रणाली

क्यामेरामा राम्रो सफ्टवेयर हुनु एकदमै महत्वपूर्ण पक्ष हुने गर्दछ किनभने यसैलेनै फोटोको गुणस्तरीयतामा प्रभाव पार्ने गर्दछ । सफ्टवेयरकै प्रभावले अध्याँरोमा कुनैले राम्रो फोटो खिच्दा पनि भिडियो राम्रो नखिच्न सक्छ ।

फोन खरिद गर्दा एपर्चर र सेन्सर साइजलाई एकदमै ध्यान दिनुपर्छ । कम एपर्चर भएको फोनले कम लाइटमा पनि फोटो खिच्न सक्छ । इमेज सेन्सरले लाइट क्याप्चर गरेर इमेजमा कन्भर्ट गरिदिने गर्दछ । 

अरू याद गर्नुपर्ने फिचर

यी बाहेक गोरिल्ला ग्लास फाइभ प्रोटेक्सन, क्लिन सफ्टवेयर (स्टक एन्ड्रोइड),वाटर रेजिस्टेनस र हेडफोन ज्याक जस्ता फिचरहरु भएमा स्मार्टफोन प्रयोग गर्ने अनुभव झनै राम्रो हुने गर्दछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!