क्रिकेटर लामिछानेलाई खेलमा फर्काउन सोचिरहेका छौं : अध्यक्ष चन्द

Posted on: 26 Jan, 2023

माघ १२, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढिने स्पष्ट पारेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईसीसीले भनेअनुसार अघि बढिने बताए । 


उनका अनुसार आईसीसीले क्यानलाई सन्दीपको विषयमा  कानुन अनुसार अघि बढ्नु भनेको छ । 

उनले भने, ‘सन्दीप लामिछाने नेपालको लागि चाहिने खेलाडी भन्ने कुरामा कुनै दुई मत छैन । आइसीसीले क्यानलाई कानुनअनुसार अघि बढ्नु भनेको छ । हामी त्यो विषयमा सोचिरहेका छौँ ।’

उच्च अदालत पाटनले केही समयअघि लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गरेको थियो । त्यससता उनको क्रिकेटमा पुनरागमनबारे अन्योलता रहेका बेला चन्दको यस्तो भनाइ आएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!