मोन्टी देसाईलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनाउने तयारी

Posted on: 22 Jan, 2023

माघ ८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी भएको छ ।  

नेपाल क्रिकेट संघ (क्यान)ले देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो । भारतीय प्रशिक्षक देसाई यसअघि पनि दुई पटक अन्तिम छनोटमा परेका थिए । तर, उनलाई क्यानले मुख्य प्रशिक्षकको जिम्मेवारीमा राखेको थिएन ।


मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । जसअनुसार अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको हो । 

देसाईले सन् २०१८ मा अफगानिस्तानको प्रशिक्षकको भूमिका निर्वाह गरेको अनुभव छ । त्यस्तै उनले सन् २०१९ को अक्टोबरमा युएईको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । उनी सोही सयमा क्यानडाको प्रशिक्षक पनि थिए । देसाई सन् २०१७ मा नेपाली यू–१९ टोलीले यू–१९ एसिया कपमा नेपालका ब्याटिङ सल्लाहकार थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!