यौन दुर्व्यवहारको आरोपमा फुटबलर ड्यानी अल्भेस गिरफ्तार

Posted on: 20 Jan, 2023

माघ ६, काठमाडौँ | बार्सिलोनामा पूर्व डिफेण्डर ड्यानी अल्भेस गिरफ्तार भएका छन् ।

एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


समाचार एजेन्सी ईएफईका अनुसार पीडितले ३० डिसेम्बरको राती पुमासका खेलाडीले आफ्नो गोप्य अंगमा इच्छा विपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी थिइन् ।

त्यही उजुरीका आधारमा प्रहरीले उनलाई पक्रेको हो । प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने बताएको छ ।

आल्भेस अहिले पुमास भनिने मेक्सिकोको क्लब युनिभर्सिटी नेशनलमा आवद्ध छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!