नटिङघम फरेस्टविरुद्ध म्यानचेस्टर युनाइटेडको सानदार जित

Posted on: 28 Dec, 2022

पुस १३, काठमाडौँ | इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टमाथि सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, एन्थोनी मार्सियल र फ्रेडले एक–एक गोल गरे । खेलको १९ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।


खेलको २२औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए भने खेलको ८७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ३–० को जित दिलाए ।

जितसँगै युनाईटेडले १५ खेलमा २९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ भने  पराजित नटिङघम फरेस्ट १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!