मार्टिनेजले एम्बाप्पेलाई बच्चा बनाएर ‘ट्रोल’ गर्नुको कारण यस्तो!

Posted on: 23 Dec, 2022

पुस ८, काठमाडौँ | विश्वविजेता अर्जेन्टिनी फुटबल टोलीका गोलकिपर इमिलियानो मार्टिनेज जितको खुसीयाली मनाउने क्रममा विभिन्न क्रियाकलाप गरिरहेका छन्। 

यसैबीच, उनले स्वदेश फर्किएर विश्वकपको खुसियाली मनाउने क्रममा फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेको मजाक उडाएका थिए। 


सोक्रममा मार्टिनेजले एम्बाप्पेको तस्बिर बोकेका थिए। जहाँ उनले एम्बाप्पेलाई बच्चा बनाएका थिए।

मार्टिनेजले विश्वकपको पुरस्कार दिने समारोहमा पनि उत्कृष्ट गोलकिपरको अवार्ड पाएपछि अलि ‘अनौठो हर्कत’ गरेका थिए। यसलाई लिएर उनको आलोचना भइरहेको छ।

मार्टिनेजका यी क्रियाकलापबारे अहिले अर्जेन्टिनी सञ्चारमाध्यमहरूले रहश्य खोलेका छन्। कतारमा विश्वकप सुरु हुनुभन्दा केही महिनाअघि मात्र एम्बाप्पेले अर्जेन्टिनालगायत दक्षिण अमेरिकी टोलीलाई हेपेर बोलेका थिए। उनले दक्षिण अमेरिकी देशहरूको स्तर युरोपको सरह नभएकाले पछिल्लो समय सधैँ युरोपेली टोलीले विश्वकप जितिरहेको बताएका थिए। अहिले यस्तो भन्ने एम्बाप्पेकै टोली फ्रान्सलाई हराएर अर्जेन्टिनाले विश्वकप जितेपछि मार्टिनेजले उनको मजाक उडाएको बताइएको छ।

सन् २००२ पछि दक्षिण अमेरिकी टोलीले विश्वकप जितेको हो। २००२ मा ब्राजिलले जितेयताका चारवटा विश्वकप युरोपेली टोलीले जितेका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!