मेस्सीलाई बधाई दिँदै पेलेले भने, ‘पक्कै पनि डियागो म्याराडोना अहिले मुस्कुराउँदै हुनुहुन्छ’

Posted on: 19 Dec, 2022

पुस ४, काठमाडौँ | ८२ वर्षीय ब्राजिलका दिग्गज फुटबलर पेलेले मेस्सी र अर्जेन्टिनालाई विश्व कप विजेता बनेकोमा बधाई दिएका छन् ।

पेलेले मेस्सी जितका लागि हकदार भएकोसमेत बताएका छन् । उनले एमबाप्पेको पनि तारिफ गरेका छन् । साथै, डियागो म्याराडोना यतिबेला मुस्कुराइरहेको पनि दाबी गरेका छन् ।


पेलेले इन्स्टाग्राममा एउटा पोस्टमा लेखेका छन्, ‘सधैँ झैँ, आज पनि फुटबलले आफ्नो कथा सुनाउन जारी राखेको छ, एक रोमाञ्चक तरिकाले । मेस्सीले आफ्नो पहिलो विश्वकप जितेका छन्, यसका लागि उनी योग्य पनि छन् ।’

एमबाप्पेबारे उनले लेखेका छन्, ‘मेरो प्यारो साथी, एमबाप्पे, फाइनलमा चार गोल । हाम्रो खेलको भविष्यका लागि यस्तो उत्कृष्ट खेल हेर्न पाउनु एक उपहारसरह हो । यसका सागै म मोरोक्कोलाई पनि बधाई दिन चाहन्छु । अफ्रिका चम्किरहेको हेर्न पाउँदा निकै खुसी लागेको छ । बधाई छ अर्जेन्टिना । पक्कै पनि डिएगो अहिले मुस्कुराउँदै हुनुहुन्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!