विश्वकपमा आजबाट नकआउट चरणका खेल सुरु

Posted on: 03 Dec, 2022

मङ्सिर १७, काठमाडौँ | विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप–विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । अमेरिका पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

आज हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच हुनेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने योजनामा छ भने अष्ट्रेलिया पनि विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!