विश्वकपको समूह चरण सकियो, यस्तो छ नकआउट समीकरण

Posted on: 03 Dec, 2022

मङ्सिर १७, काठमाडौँ | फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पूरा भएको छ ।

अन्तिम १६ मा हरेक समूहको शीर्ष दुई टोलीहरुले नकआउट चरणमा स्थान बनाएका छन् । कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स  ७ अंकसहित समूह विजेता र सेनेगल ६ अंक सहित उपविजेता अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह ‘बी’ बाट इङ्ल्यान्ड ७ अंक सहित समुहको विजेता र अमेरिका  ५ अंक जोड्दै उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गर्यो । समूह ‘सी’ बाट अर्जेन्टिना ६ अंकसहित समूह विजेता र पोल्याण्ड ४ अंक जोड्दै समुहको उपविजेता रहेको छ | समूह ‘डी’ बाट फ्रान्स ६ अंकसहित समूह विजेता र अष्ट्रेलिया  ६ अंक जोड्दै समुहको उपविजेता रहेको छ | समूह ‘ई’ बाट जापान ६ अंकसहित समूह विजेता र स्पेन ४ अंक जोड्दै समुहको उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

त्यस्तै समूह ‘एफ’ बाट मोरक्को ७ अंकसहित समूह विजेता र क्रोएसिया ५ अंक जोड्दै समुहको उपविजेता, समूह ‘जी’ बाट ब्राजिल ६ अंक जोड्दै समुहको विजेता र स्विट्जरल्यान्ड ६ अंकक साथ समुहको उपविजेता बन्यो | समूह ‘एच’ बाट पोर्चुगल ६ अंक जोड्दै समुहको विजेता र दक्षिण कोरिया ४ अंक सहित उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।  


अब अन्तिम १६ मा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इङ्ल्यान्ड र सेनेगल भिड्ने छन् ।

यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!