विश्वकप फुटबलमा आज चार खेल हुँदै, कुन टिम प्रवेश गर्लान नकआउट चरणमा ?

Posted on: 01 Dec, 2022

मङ्सिर १५, काठमाडौँ | काठमाण्डाै कतारमा जारी फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच खेल हुनेछ । यी दुई खेल आज राति ८ः४५ बाट सुरु हुनेछन् । समूह ‘एफ’मा क्रोएसिया माथि छ । क्रोएसियाले बेल्जियमसँग जिते वा बराबरी गरे दोस्रो चरण सुरक्षित देखिन्छ । बेल्जियम क्रोएसियालाई हराएमा दोस्रो चरणमा पुग्न सक्छ । तर क्रोएसियासँग बराबर भए अर्को खेलमा क्यानडासँग मोरक्को हारेमा गोल अन्तरका आधारमा मात्र बेल्जियमको सम्भावना बाँकी रहन्छ । क्यानडालाई जिते वा बराबरी गरे मोरक्को पनि अन्तिम १६ मा पुग्न सक्छ ।

त्यस्तै समूह ‘ई’ का जापान र स्पेन तथा जर्मनी र कोस्टारिकाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह ‘ई’ मा चारवटै टोलीको सम्भावना छ । स्पेनले जापानलाई हराए अन्तिम १६ मा पुग्नेछ । बराबर भएमा अर्को खेलमा जर्मनीले जिते वा बराबरी भएमात्र अघिल्लो चरणमा पुग्नेछ । तर स्पेन हारेमा जापान समूह विजेता हुन सक्छ । यदि कोस्टारिकाले जर्मनीलाई हरायो भने स्पेनलाई पनि असर पर्नेछ ।

यदि कोस्टारिका र जर्मनीबीच बराबरी भयो र अर्को खेलमा स्पेनले जापानलाई हरायो भने कोस्टारिका दोस्रो चरणमा पुग्न सक्छ ।  कोस्टारिकालाई जित्यो र अर्को खेलमा जापानले स्पेनलाई जित्यो भने जर्मनी दोस्रो चरणमा पुग्न सक्छ । जापानले बराबरी गर्यो भने जर्मनीले आफ्नो खेल कम्तीमा २ गोलको अन्तरले जित्नुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!