अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा प्रवेश, अर्जेन्टिना समूह विजेता

Posted on: 01 Dec, 2022

मङ्सिर १५, काठमाडौँ । विश्वकपको उपाधि दावेदार अर्जेन्टिना समूह 'सी' को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाएको हो । 

खेलको पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित बराबरीमा चलेको थियो ।


तर दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनले गोल गरेपछि अर्जेन्टिनालाई जित सहज बन्यो । अर्जेन्टिनाले दोस्रो हाफको मध्यतिर अर्को गोल गर्दै अर्जेन्टिनालाई जितको लागि झनै सहज बनायो । 


खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले ४७ औं मिनेटमा गोल गरे । त्यस्तै खेलको ६८ औं मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

यो जितसँगै अर्जेन्टिना ३ खेलमा दुई खेल जितेर ६ अंक सहित समूह तालिकाको शीर्षस्थानमा रहेको छ । त्यस्तै पोल्यान्ड समूह चरणको दोश्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ । समूह सीको अर्को खेलमा साउदीलाई मेक्सिकोले २-१ गोल अन्तरले पराजित गर्यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!