विश्वकप फुटबल अपडेट: पोर्चुगलद्वारा उरुग्वे पराजित

Posted on: 29 Nov, 2022

मङ्सिर १३, काठमाडौँ | फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ । सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

कतारको लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । फर्नान्डेजले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् । 


खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए ।  

जितसँगै समूह ‘एच’को पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलले लिगमा दुई खेलबाट ६ अंक जोडेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!