ब्राजिलद्वारा स्विटजरल्यान्ड पराजित, नकआउट चरणमा स्थान पक्का

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ। फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा ब्राजिलले स्विटजरल्यान्डलाई पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।

सोमबार रंगशाला ९७४ मा ब्राजिलले क्यासेमिरोको गोल मार्फत १-० गोल अन्तरले स्विटजरल्यान्डलाई पराजित गर्यो । पहिलो हाफमा ब्राजिलको लगातार आक्रमणका बाबजुत पनि गोल स्कोर बन्न सकेन । दोस्रो हाफमा ब्राजिलका भिनीसियसले गरेको गोल भीएआरले मान्यता नदिँदा ब्राजिलले अग्रता लिन सकेन । तर  खेलको ८३ ओम निनेटमा क्यासेमिरोले उत्कृष्ट गोल गर्दै ब्राजिललाई लगातार दोस्रो जित दिलाएका हुन् । उनले पेनाल्टी क्षेत्रभित्र रोड्रीगोले दिएको पासलाई पहिलो टचमै गोल गर्न सफल भए । 


यसअघि समूह जी कै खेलमा क्यामरुन र सर्बियाले ३-३ को बराबरी खेले । दुवै टोली बराबरी खेलेपछि त्यसको फाइदा ब्राजिललाई भएपछि ब्राजिलले नाकआउट चरणको यात्रा पक्का गरेको छ । जितसँगै २ खेलमा ६ अंकसाथ ब्राजिल समूहको शीर्षस्थानमा उक्लिएको छ । स्विटजरल्यान्डको ३ अंक छ भने सर्बिया र क्यामरुनले १-१ अंक जोडेका छन् । अब अन्तिम चरणको खेलमा क्यामरुनले ब्राजिल र सर्बियाले स्विटजरल्यान्डको सामना गर्दैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!