पहिलो हाफमा ट्युनिसियाविरुद्ध अस्ट्रेलिया १–० ले अगाडि

Posted on: 26 Nov, 2022

मङ्सिर १०, काठमाडौँ | पहिलो हाफमा अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध १–० को अग्रता बनाएको छ। विश्वकपअन्तर्गत शनिबार अल जानोब रंगशालामा जारी खेलको २३औं मिनेटमा ड्युकले हेडरमार्फत सुन्दर गोल गरेका थिए।

उनले गुडविनको क्रसमा हेडिङमार्फत् गोल गरे। विश्वकपमा हेडिङमार्फत् गोल गर्ने उनी दोस्रो अस्ट्रेलियन खेलाडी बनेका छन्। यसअघि टिम काहिलले सन् २०१० को विश्वकपमा सर्विया र २०१४ मा चिलीविरूद्ध हेडिङ गोल गरेका थिए। समूह ‘डी’ को पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलको नतिजामा पराजित भएको अस्ट्रेलियाका लागि आजको खेल विश्वकपमा रहिरहन महत्वपूर्ण मानिएको छ। त्यस्तै पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको ट्युनिसिया पनि तीन अंक हासिल गर्दै नकआउटमा पुग्ने सम्भावना जिवित राख्न चाहन्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!