विश्वकपमा आज चार खेल हुँदै, पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै

Posted on: 22 Nov, 2022

मङ्सिर ६, काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत मंगबार चार खेल हुँदैछन्। कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलमा आजको पहिलो खेलमा समूह ‘सी’ का अर्जेन्टिना र साउदी अरेबिया प्रतिस्पर्धा गर्दैछन्।

नेपाली समयअनुसार दिउँसो ३:४५ बजे यी दुई टिमको खेल लुसेस आइकोनिक रंगशालमा हुनेछ। स्टार खेलाडी लियोनल मेस्सीको टिम अर्जेन्टिना अपराजित यात्रालाई कायमै राख्दै अगाडि बढ्ने लयमा छ।

Argentina v Saudi Arabia predictions: Main man Messi can make a flying  start | Sport News | Racing Post

विश्वकप विजेताको प्रमुख दाबेदारको रुपमा देखिएको अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजोर मानिएको साउदी अरेबियासँग जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गर्ने लक्ष्य लिएको छ। 

आजको दोस्रो खेल ६:४५ बजे डेनमार्क र ट्युनिसियाबीच हुनेछ। यी दुई टोली समूह ‘डी’ मा रहेका छन्। यी दुईको खेल एजुकेशन सिटी रंगशालामा हुनेछ।

युरोपकपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘अन्डर डग’को रुपमा देखिएको डेनमार्क त्यही शैली दोहोर्‍याउँदै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ।

तेस्रो खेल राति ९:४५ बजे समूह ‘सी’का मेक्सिको र पोल्याण्डबीच हुनेछ। रंगशाला ९७४ मा यी दुईको खेल हुनेछ। यी दुई टोलीबीचको खेल निकै प्रतिपर्धात्मक हुने देखिन्छ। 

आजको अन्तिम खेलमा स्टार खेलाडीले भरिएको फ्रान्स र अष्ट्रेलियाबीच हुँदैछ। समूह ‘डी’ का यी दुई टोलीको खेल राति १२:४५ बजे अल जनुब रंगशालामा हुँदैछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!