एसियन कप छनोट : नेपाल बंगलादेशसँग पराजित

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौं | बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। 

आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो । 


बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक–एक गोल गरे  ।

समूह चरणमा नेपालको यो चौंथो हार हो । यो हारसँगै समूह ‘बी’ मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ । नेपालले पहिलो खेलमा भुटानसँग २–० गोलको हार ब्यहोरेको थियो । त्यसपछि दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो । बंगलादेशको यो दोस्रो जित हो । बंगलादेश ४ खेलमा ७ अंक जोड्यो । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!