श्रीलंकासँग हार्यो भारत

Posted on: 07 Sep, 2022

भदौ २२, काठमाडौँ | युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। दुबईमा मंगलवार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।

भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कुशल मेन्डिस र पथुम निशंकाले अर्धशतक बनाए। मेन्डिसले ५७ तथा निशंकाले ५२ रन बनाए।

कप्तान दसुन शनकाले ३३ तथा भानुका राजपाक्षले २५ रन बनाए।

भारतका लागि युजभेन्द्र चाहलले ३ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!