कप्तान सन्दिप लामिछानेविरूद्ध प्रहरीमा किटानी जाहेरी, नेपाल फर्किएलगत्तै पक्राउ पर्ने

Posted on: 07 Sep, 2022

भदौ २२, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिगमाथि जबरजस्ती करणीको उजुरी परेको छ ।

सन्दीपविरुद्ध  मंगलबार जबरजस्ती करणीको उजुरी परेको हो । उनीविरुद्ध गत भदौ पाँच गते एक १७ वर्षीया किशोरीलाई  जबरजस्ती करणी गरेको उजुरी परेको हो ।


उजुरीमा नाबालिगले सन्दीपसँग सामाजिक सञ्जालमार्फनत चिनजान भएको र भेट्न बोलाएर उनले आफूलाई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।

उजुरीमा बालिकाले आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको होटलमा लगेर बलात्कार गरेकाे उल्लेख गरेकी छन् ।

प्रहरी प्रधान कार्यालयको उच्च स्रोतका अनुसार बालिकाले त्यस रात आफूलाई सन्दीपले दुईपटक जबरजस्ती करणी गरेको बताएकी छन् । ती बालिका अहिले प्रहरी र आफन्तको संरक्षणमा रहेको बताइएको छ । 

लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध परेको बला.त्कारको उजूरीमा अनुसन्धानका लागि पक्राउ गरिने बुझिएको हो । उनीविरुद्ध परेको बलात्कारको उजूरीमा अनुसन्धानका लागि पक्राउ गरिने बुझिएको हो ।

हाल क्रिकेट खेल्ने विदेशमा रहेका लामिछानेमाथि गौशाला प्रहरीमा उजूरी दर्ता भई छानबिनका क्रममा छ । सन्दीप क्रिकेट खेल्न विदेशमा जानुअघि घटना भएको बुझिएको छ । पीडित नाबालिक अस्थाकी छिन् । नाबालिक रहेकाले घटना पुष्टि भएमा सन्दीप जेल जानुपर्ने हुनसक्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!