सन्दीप लामिछाने नेपाल फर्किएलगत्तै पक्राउ पर्ने

Posted on: 07 Sep, 2022

भदौ २२, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध परेको बला.त्कारको उजूरीमा अनुसन्धानका लागि पक्राउ गरिने बुझिएको हो । वेस्ट इन्डिजमै लुक्न खोजे ईन्टरपोल मार्फत नेपाल झिकाईनेछ । उनीविरुद्ध परेको बलात्कारको उजूरीमा अनुसन्धानका लागि पक्राउ गरिने बुझिएको हो ।


हाल क्रिकेट खेल्ने विदेशमा रहेका लामिछानेमाथि गौशाला प्रहरीमा उजूरी दर्ता भई छानबिनका क्रममा छ । सन्दीप क्रिकेट खेल्न विदेशमा जानुअघि घटना भएको बुझिएको छ । पीडित नाबालिक अस्थाकी छिन् । नाबालिक रहेकाले घटना पुष्टि भएमा सन्दीप जेल जानुपर्ने हुनसक्छ ।

२२ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतका अहिलेसम्मकै सर्वाधिक सफल क्रिकेटर मानिन्छन् । उनीमाथिको अभियोगले करिअरमै धक्का पर्ने सम्भावना बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!