भारतीय क्रिकेटका सबै फर्म्याटबाट सुरेश रैनाले गरे सन्न्यासको घोषणा

Posted on: 06 Sep, 2022

भदौ २०, काठमाडौँ | भारतीय क्रिकेटर सुरेश रैनाले भारतीय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन् । योसँगै उनी विदेशमा हुने टी ट्वेन्टी लिगमा खेल्न योग्य भएका छन् । घरेलु स्तरमा सक्रिय खेलाडी विदेशी लिगमा भाग लिन पाउँदैनन् । त्यसैले संसारभर टी ट्वेन्टी लिगमा खेल्न रैनाले सन्न्यास लिनैपर्थ्यो । सन्न्याससम्बन्धी जानकारी रैनाले सोसल मिडियामार्फत दिएका हुन् ।


यसअघि उनले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । तर उत्तर प्रदेशका लागि घरेलु क्रिकेट खेलिरहेका थिए । साथै इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि खेलिरहेका थिए । पछिल्लो आईपीएल २०२२ सिजनमा रैनालाई कुनै पनि फ्रेन्चाइजीले किनेको थिएन । 

३५ वर्षे रैनाले ट्विटमा लेखेका छन्, ‘देश र उत्तर प्रदेश राज्यका लागि क्रिकेट खेल्नु मेरा लागि गर्वको कुरा हो । म अब क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गर्दछु । साथै म बीसीसीआई, यूपी क्रिकेट संघ, आईपीएल टिम सीएसके र रााजीव शुक्लालाई धन्यवाद दिन्छु । मलाई समर्थन गर्नका लागि मेरा फ्यान्सलाई पनि धन्यवाद ।’

अब रैनाले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि नखेल्ने भएका छन् । गत सिजन उनलाई आईपीएलका कुनै पनि टोलीले किनेका थिएनन् । ‘मेरो देश र राज्य यूपीको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि खुसिको कुरा हो । क्रिकेटका सबै  फर्म्याटबाट  सन्यासको घोषणा गर्न चाहन्छु,’ रैनाले मंगलबार ट्विटरमा पोस्ट गरेका छन् ।

रैनाले रोड सेफ्टी सिरिज खेल्ने भएका छन् । ‘म रोड सेफ्टी सिरिजमा खेल्नेछु । दक्षिण अफ्रिका, श्रीलंका र युएईका टी–ट्वान्टी फ्रेन्चाइजीहरुले मलाई सम्पर्क गरेका छन् तर मैले कुनै निर्णय लिएको छैन,’ रैनाले दैनिक जागरणसँगको कुराकानीमा भनेका छन्

यस बिषयमा तपाइको प्रतिक्रिया...!