नेपालद्वारा केन्यासमक्ष २३१ रनको लक्ष्य प्रस्तुत

Posted on: 03 Sep, 2022

भदौ १८, काठमाडौँ | दोस्रो एकदिवसीय खेलमा नेपालले केन्यालाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ३० रन बनाएको हो ।

जारी खेलमा नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका लागि नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट लिए ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । 

नेपालले यस अघि केन्यासँग पाँच टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा दुवै टिमले ३–२ खेल जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!